फिल्मको प्रदर्शन मिति सारिरहने हो भने त्यसले बक्स अफिसमा खासै गतिलो व्यापार गरेको पाइदैन । यसअगाडिका रिपोर्ट हेर्ने हो भने पनि धेरैजसो फिल्मका व्यापार कमजोर हुनुमा, रिलिज डेट हेरफेर हुनुलाई मानिन्छ ।
अभिनेत्री केकी अधिकारीले छायांकनको समयमा नै तोकेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति सारेकी छिन् । यो फिल्म वैशाख १४ गते रिलिज हुने पक्का थियो । तर, हिन्दी फिल्म ‘२.०’का कारण यो फिल्मको मिति सरेको छ । अब, केकीको ‘कोहलपुर एक्सप्रेस’ चैत्र २३ गतेबाट रिलिज हुनेछ ।
यो मितिमा पहिले नै फिल्म ‘तिमी सँग’ले रिलिज मिति तोकेको थियो । अब, केकी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको लडाई पक्का भएको छ । विशाल भण्डारीले निर्देशन गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’मा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्माको मुख्य भूमिका छ ।