नेपाली फिल्मका केहि कलाकारका लागि अब बडिगार्ड शब्द फेसन नै हुन थालेको छ । अभिनेता अनमोल केसीले फिल्म ‘ड्रिम्स’ रिलिजको समयमा हलमा बडिगार्ड सहित जाँदा खुबै चर्चा भयो । अभिनेता केसीको स्टारडमका कारण पनि उनलाई बडिगार्ड आवश्यक थियो ।
अभिनेता प्रदिप खड्काले बडिगार्ड सहित पत्रकार सम्मेलनमा उपस्थिती हुँदा धेरैले आलोचना गरे । तर, दर्शकले खासै नाम नै नसुनेका एक हिरोले पनि फिल्म प्रमोशनका क्रममा ६ जना बडिगार्डसहित उपस्थित भएपछि अहिले …भन्दा हेर्नेलाई लाज जस्तै भएको छ ।
पोखरामा फिल्म ‘ह्याप्पी न्यू इयर’को प्रमोशनका क्रममा कुशल ६ जना बडिगार्डसहित देखिए । जबकी, उनको क्रेज नेपाली फिल्ममा छैन भन्दा पनि फरक पर्दैन । दर्शकले नै राम्रोसँग नचिनेका हिरो बडिगार्डसहित आउँदा छक्क नपर्ने कुरै भएन ।
कहिले विकिनी लगाएका यूवतीसँग पत्रकार सम्मेलनमै नाचेर कलाकारले नौटंकी देखाउँछन् त कहिले दर्शकले नै राम्रोसँग नचिनेका अभिनेताले बडिगार्ड ल्याएर नौटंकी देखाउँछन् । बरु, फिल्मको निर्माण र प्रचारमा ती पैसा खर्च गरे कति राम्रो हुने थियो होला ?