अभिनेत्री करिश्मा मानन्धर छोरी कवितालाई हिरोइन बनाउन चाहन्छिन् । कवितालाई हिरोइन बनाउन करिश्मालाई पनि खासै गाह्रो छैन । तर, पनि कविता अहिलेसम्म हिरोइन बन्न सकेकी छैनन् ।
केहि म्यूजिक भिडियो र अमेरिकामा आयोजना भएको सौन्दर्य प्रतियोगीतामा सहभागी भएकी कविताले फिल्ममा आउने इन्छा पनि व्यक्त गरेकी छिन् । तर, पनि कवितालाई हिरोइन बन्न केले रोक्यो त ?
करिश्मा हिरोइन हुनका लागि सजिलो नभएको बताउँछिन् । उनले, शारीरिक र मानिसक रुपमा नै हिरोइन बन्नका लागि तयार हुनुपर्ने बताएकी छिन् । कविता पनि आफू मानसिक र शारीरिक रुपमा नै तयार नभएको बताउँछिन् । करिश्माकी छोरी कविताको तौल केही बढी छ । यसैले उनी अब आफू स्लिम बन्ने बताउँछिन् ।
अभिनेता भूवन केसीका छोरा अनमोल केसीले फिल्म क्षेत्रमा तहल्का मच्चाइरहेको समयमा अब करिश्माकी छोरी कविताले पनि यो क्षेत्रका बारेमा सोच्ने बेला आएको छ ।