सन् २०१७ बिदा हुँदैछ । अब, नयाँ बर्ष २०१८ ले विश्वभर पाइला राख्दैछ । यसैले पनि सन् २०१७ बलिउड फिल्म क्षेत्र र त्यहाँ काम गर्ने कलाकारका लागि कस्तो भयो भनेर समिक्षा हुन जरुरी छ ।
अहिले, सामाजिक संजालमा कलाकारको चर्चाले पनि उनीहरुको लोकप्रियता मापन गर्छन् । सन् २०१७ मा ट्विटरमा सबैभन्दा बढी चर्चा बलिउड अभिनेत्री दीपिका पादुकोणको भयो । ‘पद्यमावती’ रिलिज लफडाका कारण पनि उनको चर्चा बढी भएको हो । यसपछि, यसैबर्ष बिहे गरेकी अभिनेत्री अनुष्का शर्माको चर्चा बढी भएको छ ।
तेश्रो नम्बरमा हलिउडमा समेत स्थान जमाइसकेकी अभिनेत्री प्रियंका चोपडा परेकी छिन् । बलिउडमा नयाँ अभिनेत्रीहरुमा सर्वाधिक धेरै गसिपमा आउने अभिनेत्री आलिया भट्टको चर्चा चौथो नम्बरमा छ । अभिनेत्री श्रद्धा कपुरको चर्चा पनि यो बर्ष ट्विटरमा बढी भयो । उनी, सर्वाधिक चर्चा हुने अभिनेत्रीको पाँचौ स्थानमा परेकी छिन् ।
यसपछि, क्रमश ज्याकिलन फर्नान्डेज, सोनाक्षी सिन्हा, परिणिती चोपडा, भूमी पेड्कर, कृति सेनन परेका छन् । सर्वाधिक धेरै ट्विटरमा चर्चा हुने अभिनेताको पहिलो नम्बरमा साहरुख खान परेका छन् ।