अभिनेता तथा निर्माता उदय चोपडाको साथ केहि बर्ष प्रेममा रहेकी बलिउड अभिनेत्री नगरिस फक्री अहिले अर्का एक यूवकसँग प्रेमको उडानमा मस्त छिन् । यसैले पनि भनिन्छ, कलाकारको जीन्दगी कुनै फिल्मको कहानी भन्दा फरक हुँदैन । त्यस्तै भयो, अभिनेत्री नगरिस फक्रिको जीवनमा पनि ।
अभिनेता उदय चोपडासँग डेटमा रमाएकी नगरिस उनीसँग प्रेम सम्बन्ध टुटेपछि बढी अमेरिका बस्दै आएकी थिइन् । अब, उनको अमेरिकामा नै प्रेम भएको छ । उनै, नगरिस अमेरिकामा रहदै आउका ने मैट एलान्जोसँग देखिएकी छिन् ।
उनीहरुले क्रिसमसमा यो तस्बिर शेयर गरेका हुन् । नगरिस र मैट अर्को बर्ष बिहेको तयारीमा पनि छन् ।