फिल्म ‘गाँजाबाजा’ फागूणको २५ गतेबाट रिलिज हुने भएको छ । डी आर फिल्मस् र टुका इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् ।
प्रदर्शन मितिसँगै फिल्मको गीत पनि रिलिज भएको छ । ‘ह्याप्पी ह्याप्पी मुड’ बोलको गीतमा निख एन्ड जटाको स.गीत, जटावेदा बनर्जीको स्वर छ । चलचित्र विकास बोर्डले सेन्सरसिपका नाममा झमेलका दिएका २ बर्षदेखि फिल्म प्रदर्शनमा समस्या आएको डीआर फिल्मस्ले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यो फिल्ममा अनुपम शर्मा, सुशिल सिटौला, रविन थापा, उद्धव भट्टराई, अम्मर सुवेदी, बर्षा सिवाकोटीको मुख्य भूमिका छ । दीपेन्द्र रेग्मी, गोमा बिष्ट थापाको लगानी रहेको फिल्मले यूवापुस्ताको कथालाई उठान गरेको छ ।