बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको बिहेको रमझम सकिएको छैन । विराट र अनुष्काले दिल्लीमा आफन्त र नेताहरुलाई पार्टी दिएपछि जनवरी २६ तारिखमा मुम्बइमा भव्य पार्टीको आयोजना गरे ।
यो पार्टीमा बलिउडका चर्चित हस्तीहरुलाई निम्त्याइएको थियो । बलिउडका वादशाह साहरुख खान, महानायक अमिताभ बच्चनदेखि अभिनेता रणवीर कपुरसम्म यो बिहे पार्टीमा सहभागी भए ।
अभिनेत्रीहरुको भीड पनि अनुष्का र विराटको पार्टीमा देखियो । पार्टीमा पुगेका अभिनेता अमिताभ बच्चनलाई अनुष्कालाई झुकेर सम्मान दिइन् । अभिनेता साहरुख खानले पनि अनुष्का र विराटको पार्टीमा सबैभन्दा बढी रमाइलो गरे । उनले, पार्टीमा ‘जब तक हे जान’को संवाद समेत बोलेका थिए । विराटले अनुष्काको निधारमा चुम्बन गरे ।
कडा सुरक्षाको विचमा भएको यो पार्टीसँगै विराट र अनुष्काको पार्टी रमझम सकिएको छ ।