पौष २८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बटरफ्लाई’मा समावेश शिर्ष गीत सार्वजनिक भएको छ । फिल्ममा समावेश ‘म गाउँदिन अब गीत’ दर्शकमाझ चर्चित बनिरहेको छ । युटुबमा यो गीतको भिडियो १० लाख भन्दा बढी पटक हेरिएको छ ।
वियोगान्त शैलीको शिर्ष गीतमा गायक यूवराज चौलागाइको स्वर छ भने विकास चौधरीको संगीत र सुरज लामिछानेको शब्द छ । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । यो गीतले पनि युटुबमा राम्रो चर्चा पाउने विश्वास कार्यकारी निर्माता रमेश प्रजापतिको छ ।
फिल्ममा अर्पण थापा, रविन्द्र खड्का, पुरज थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारलाई पनि देख्न पाइन्छ । फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माको पनि संगीत छ । सुरेश बज्रचार्यको छायांकन रहेको फिल्मका निर्माता पुष्पाञ्जली अधिकारी, रामशरण राना, भुपेन्द्र सुवेदी हुन् । अर्जुन जीसी र मन्दिल श्रेष्ठले फिल्मको सम्पादन गरेका छन् । ओम प्रतिकको निर्देशनमा यो फिल्म बनेको हो ।