नेपाली फिल्ममा यदि कुनै अभिनेत्री बोल्ड एन्ड ब्यूटी छिन् भने ती प्रियंका कार्की नै हुन् । फिल्म क्षेत्रमा प्रवेश गरेसँगै नै बोल्ड अभिनेत्रीको छवि बनाएकी प्रियंका सार्वजनिक कार्यक्रमदेखि फिल्मका गीतमा पनि उस्तै हट बन्छिन् ।
प्रियंकाले आफ्नो फेसबुकमा पोष्ट गरेको एउटा तस्बिर अहिले चर्चित छ । यो तस्बिर फिल्म ‘लिलिबिली’को हो । टर्कीमा छायांकन भैरहेको फिल्मको एक गीतमा अभिनेत्री रातो गाउनमा हट देखिएकी छिन् ।
सार्वजनिक भैरहेका केहि फिल्मका गीतमा पनि प्रियंकाका यस्तै दृश्यहरु देख्न सकिन्छ । प्रियंकाले आफूलाई यो दृश्य र समुन्द्र मन परेको लेखेकी छिन् । मिलन चाम्सको निर्देशनमा बनिरहेको फिल्ममा प्रियंकाको जोडीको रुपमा अभिनेता प्रदिप खड्का देखिएका छन् ।
प्रदिप खड्का, जसिता गुरुङ र प्रियंका कार्की फिल्मको मुख्य भूमिकामा छन् । फिल्ममा प्रदिप र प्रियंकाको पनि जोडी भएपनि कुन रुपमा प्रस्तुत गरिनेछ भन्ने खुलाइएको छैन । चैत्र ३० गतेबाट यो फिल्म रिलिज हूँदैछ ।