अभिनेता अर्पण थापा अभिनित फिल्म ‘फिर्के’ रिलिजको तयारीमा छ । यो फिल्म पौष २१ गतेबाट देशभर रिलिज हुँदैछ । तर, फिल्मको प्रचारमा यी अभिनेता कतै देखिएका छैनन् ।
अभिनेता अर्पण थापालाई दर्शकले रुचाएका छन् । उनको अभिनयलाई दर्शकले धेरै मन पराएको पाइन्छ । तर, अर्पणको एउटा स्वभाव छ । फिल्मका काम गर्ने तर प्रचारमा नदेखिने ।
अर्पण अभिनित अर्को फिल्म ‘बटरफ्लाई’ पौष २८ गतेबाट रिलिज हुँदैछ । धेरै दर्शकलाई त यो फिल्ममा अर्पण थापा हिरोको रुपमा छन् भन्ने पनि थाहा छैन ।
अर्पण आफैले निर्देशन गरेको फिल्म ‘मुखौटा’ डब्बा भयो । यसपछि, उनले क्यारेक्टर आर्टिस्टको रुपमा धेरै फिल्म खेले । कतिपय फिल्ममा उनको कामको खुबै चर्चा पनि भयो । तर, ती फिल्मको जस अर्पणले लिन पाएनन् ।
नेपालमा केहि कलाकार छन्, जो फिल्म त खेल्छन् तर प्रचारमा मतलब नै गर्दैनन् । अर्पण पनि अहिले सोहि सूचीमा देखिएका छन् ।