फिल्म ‘सत्रु गते’मा समावेश ‘रुपै मोहनी’ बोलको गीत सार्वजनिक भएसँगै यसको हाइप पनि ह्वात्तै बढेको छ । दर्शक यो फिल्मको नामका कारण पनि कन्फ्यूजमा थिए ।
फिल्म क्षेत्रका ३ पुस्तालाई फिचरिङ गरिएको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
भिडियोमा फिल्मका मुख्य कलाकारहरु हरिवंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी, प्रियंका कार्की, पल शाह, आँचल शर्मालाई फिचर गरिएको छ । फिल्म क्षेत्रमा हरिवंश, दीपक र पललाई ३ पुस्ताको रुपमा हेर्न सकिन्छ ।
टंक वुढाथोकी र मिना निरौलाले स्वर भरेको गीतमा शब्द लोकराज अधिकारीले कोरेका छन् । टंकले नै फिल्मको संगीत भरेका हुन् । चैत्र ९ गतेबाट रिलिज हुन लागेको यो फिल्मका निर्देशक प्रदिप भट्टराई हुन् । फिल्मलाई किरण केसीले निर्माण गरेका हुन् । मह संचार फिल्मको प्रस्तुतकर्ता हो । मदनकृष्ण श्रेष्ठ, शिवहरि पौडेल, बसुन्धरा भुषाल पनि फिल्ममा छन् ।