अभिनेता सलमान खान अभिनित फिल्म ‘टाइगर जिन्दा हे’ बक्स अफिसमा आक्रामक रुपमा चलिरहेको छ । सलमानको यो फिल्मले पहिलो सातामै २ सय करोडको आँकडा पार गरेको थियो । पहिलो सातामा फिल्मले २०६ करोडको कमाई गरेको थियो ।
दोश्रो साताको पहिलो शनिबार पनि फिल्मले उत्कृष्ट कमाई गरेको छ । फिल्मले दोश्रो हप्ताको शुक्रबार ११.५६ करोड कमाई गरेको छ । यो सँगै फिल्मको कुल कमाई २१७ करोड पुगेको छ ।
सलमानले आफ्नै फिल्म ‘प्रेम रतन धन पायो’को रेकर्ड ब्रेक गरेका छन् । यो फिल्मको लाइफटाइम कलेक्शन २०६ करोड थियो । अलिअब्बास जफरको निर्देशनमा तयार भएको यो फिल्ममा सलमान खान र कट्रिना कैफको मुख्य भूमिका छ ।
सलमानको यो फिल्मले उनको सर्वाधिक कमाई गरेको फिल्म ‘बजरंगी भाइजान’को रेकर्ड पनि तोड्ने बलिउडका पण्डितहरुले अड्कल गर्न थालेका छन् । ‘बजरंगी भाइजान’ले बक्स अफिसमा ३ सय २० करोड कमाई गरेको थियो ।