फिल्म ‘पद्यमावती’को नाम परिवर्तन हुने भएको छ । अब, यो फिल्मको नाम ‘पद्यमावत’ राखिने भएको छ । भारतीय सेन्सर बोर्डले फिल्म हेरेर नाम परिवर्तन गर्न भनेको हो ।
योसँगै फिल्मलाई यूए सर्टिफिकेट दिइएको छ । फिल्मका ५ वटा दृश्यमा केहि परिवर्तन गर्न समेत भनिएको भारतीय सेन्सर बोर्डल भारतीय मिडियासँग भनेको छ ।
डिसेम्बर १ मा रिलिज हुनुपर्ने फिल्म विरोधका कारण तोकिएकै समयमा रिलिज हुन पाएन । संजयलिला भन्साली निर्देशित यो फिल्ममा गलत इतिहास देखाइएको भन्दै करणी सेनाले विरोध गर्दै आएको थियो ।
फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह, साहिद कपुरको मुख्य भूमिका छ । फिल्मलाई लिएर भारतमा चर्को विरोध भैरहेको थियो । फिल्म कहिले रिलिज हुन्छ, फाइनल डेट सार्वजनिक गरिएको छैन ।