अभिनेत्री ऋचा शर्मा विवादमा घेरिनै रहेकी छिन् । ‘छक्का पन्जा २’ कान्डपछि सुरु भएको विवाद रोकिने देखिएको छैन । अभिनेत्रीले फिल्म ‘फिर्के’को पत्रकार सम्मेलनमा दिएको जवाफले उनीसँग संचारकर्मी आक्रोशित भएका छन् ।
अभिनेता अर्पण थापा र तपाई प्रेममा हुनुहुन्छ हो भन्ने प्रश्नमा ऋचाले भनिन्–‘अर्पण जी विवाहित हुनुहुन्छ । तपाइले यो प्रश्न सोध्नु अगाडि धेरै पटक सोच्न पर्छ । सँगै फिल्ममा काम ग¥यो भन्दैमा प्रेम नै हुन्छ भन्ने छैन । अर्को प्रश्न सोध्नुहोला ।’
फिल्म बजारमा ‘आधा लभ’पछि अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्मा प्रेममा रहेको चर्चा चलेको छ । अर्पणकै निर्देशनमा ऋचा निर्मात्री भएको फिल्म ‘सुनकेशरी’ पनि निर्माण भैसकेको छ ।
तर, ऋचाले अर्पण थापा विवाहित भएकाले उनीसँग प्रेम हुन नसक्ने दाबी गरेका छन् । तर, कलिउड र बलिउड बजारलाई दर्शकले राम्रोसँग बुझेका छन् । अभिनेत्री कंगना रनावतसँगको प्रेमका कारण विवाहित अभिनेता ऋतिक रोशन र उनकी पत्नीविच डिभोर्स भएको खबर दर्शकले कहाँ भुलेका छन् र ?