अंग्रेजी नयाँ बर्षलाई स्वागत गर्न अहिले बलिउडका अधिकांश कलाकार भारत बाहिर छन् । अमेरिका, यूरोप र एसियाकै चर्चित मुलुकलाई उनीहरुले नयाँ बर्षको लागि रोजेका छन् ।
अभिनेत्री शिल्पा सेट्टी पति राज कुन्द्रा र छोराको साथमा दुबई पुगेकी छिन् । दुबइमा पुगेर उनले आफ्नो अपार्टमेन्टबाट खिचिएको तस्बिर पोष्ट गरेकी थिइन् ।
तर, उनको नयाँ तस्बिर फेरि सार्वजनिक भएको छ जसले सामाजिक संजालमा चर्चा पाएको छ । अभिनेत्री शिल्पाले आफ्नो विकिनी तस्बिर पोष्ट गरेकी छिन् । छोरा र पतिसँग स्विमिङ पूलमा रमाउँदै गरेको शिल्पाको तस्बिर सार्वजनिक भएको हो ।
शिल्पासँगै अन्य बलिउडकर्मीहरुले पनि विदेशमा नयाँ बर्ष मनाइरहेका छन् । अभिनेत्री ज्याकलिन फर्नान्डेजको स्विमिङ पहिरनले पनि इन्टरनेटमा तहल्का मच्चाइरहेको छ ।