नेपाली फिल्मकी चर्चित अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहलाई बेलायतले गर्नु गरेको छ । साम्राज्ञीलाई दोश्रो पटक पनि बेलायतले पत्याएन । पहिलो पटक फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को छायांकनका लागि बेलायत जान लागेकी साम्राज्ञीलाइ बेलायतले पत्याएन । यसपछि, फिल्मको छायांकन नै रोकियो ।
साम्राज्ञी दोश्रो पटक पनि बेलायत जान खोजिन् । कारण, यहि फिल्मको छायांकन थियो । तर, यसपटक पनि उनलाई बेलायतले भिजा दिएन । यसपटक, उनी भारत पुगेर बेलायत राजदुतावासमा नै आवदेन दिएकी थिइन् । साम्राज्ञीले वर्किङ भिसामा आवेदन दिएकाले पनि उनलाई बेलायतले भिजा नदिएको हो ।
उनी, बेलायत जान नपाएपछि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को छायांकन प्रभावित भएको छ । अहिलेसम्म, यो फिल्मको छायांकन सकिनुपर्ने हो । तर, फिल्मका हिरो धिरज मगर, निर्देशक रेनशा वान्तवा राई बेलायतमै रहँदा पनि साम्राज्ञी जान पाएकी छैनन् । नेपालको भाग पनि खिचिएको नै आधा बर्ष बढी भैसकेको छ ।