अभिनेत्री संचिता लुइटेलको हातमा फिल्म छैन । उनले बिहेपछि आफ्नो करिअर उकालो लगाउन सकिनन् । अभिनेता निखिल उप्रेतीसँग दोश्रो बिहे गरेपछि विवादमा फसेकी संचिता ‘नाई नभन्नु ल ३, राधा’ जस्ता फिल्मबाट फर्कने कोशिश गरेकी हुन् । तर, उनले सकिनन् ।
अभिनेता निखिल उप्रेतीको कमब्याक राम्रै भएपनि संचिता र उनी एउटै फिल्ममा देखिएका छैनन् । सार्वजनिक कार्यक्रममा भने संचिताको उपस्थिती राम्रो हुन्छ । फिल्म हातमा नभएपनि सार्वजनिक कार्यक्रममा पुग्दा संचिता पहिरनमा भने सधै नै चुजी छिन् ।
२ सन्तानकी आमा संचितालाई नेपाली फिल्म क्षेत्रमा अप्सरा नामले चिनिन्छ । तर, अभिनेत्रीहरुको करिअर सधै एउटै हुँदैन । संचिताको करिअर पनि सोहि अवस्थामा पुगेको छ । निखिलले आफ्नी पत्नी संचिताको करिअरका लागि केहि कदम चाल्न आवश्यक छ ।