सार्वजनिक भएको २ दिन नवित्दै फिल्म ‘कृ’को ‘यति यति पानी गगा रानी’ बोलको गीतलाई युटुबमा १० लाख भन्दा बढी भ्यूज मिलेको छ । नेपाली फिल्मको गीतले २ दिन अगावै १० लाख भ्यूज मुश्किलले पाउने गरेका छन् । अभिनेता अनमोल केसीको स्टारडम यसको मुख्य कारक हो ।
अल्मोडा राना उप्रेती र मिस्टर आरजेले स्वर भरेको गीतमा मिस्टर आरजेको शब्द तथा संगीत रहेको छ । फिल्मको यो गीतमा अनमोल केसीले नृत्य गरेका छन् । उनको नृत्यलाई सर्वत्र प्रशंसा मिलेको छ ।
गीतले १० लाख भ्यूज पाउँदा ३५ सय भन्दा बढी कमेन्ट आएको छ भने २८ हजार लाइक्स मिलेको छ । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्मका निर्माता सुवास गिरी र भूवन केसी हुन् । फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया लगायतले अभिनय गरेका छन् ।
यो गीतमा रेनशा वान्तवा राइको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ । फिल्म माघ २६ गतेबाट रिलिज हुँदैछ ।