अभिनेता नाजिर हुसेन फिल्म ‘राज्जा रानी’बाट आशावादी मात्र छैनन् करिअरलाई नै अर्को मोडमा पुर्याउने आशमा छन् । पौष २१ गतेबाट रिलिज हुने फिल्ममा नाजिरको जोडीको रुपमा केकी अधिकारी देखिएकी छिन् ।
नाजिरले यो फिल्म हेरेर दर्शकको आफूप्रतिको वुझाई फरक हुने दाबी गरेका छन् । उनले नाटकबाट आएका कारण आफ्नो अभिनयमा थिएटर हाबी भएको कुरालाई समेत अस्विकार गरेका छन् । नाजिरका अनुसार, फिल्म ‘राज्जा रानी’ हेरेपछि दर्शकले यो आरोपको खण्डन स्वत पाउने बताएका छन् ।
राजधानीमा आयोजना भएको पत्रकार सम्मेलनमा नाजिरले अभिनयमा लागेकोमा परिवारले पनि साथ नदिएको सुनाएका थिए । तर, आफूलाई यहि पेशा नै मन परेको र यसमै रमाएको उनको भनाई छ । फिल्म ‘राज्जा रानी’ हेरेर दर्शकले इन्जोय गर्ने नाजिरको दाबी छ । रमेश एम के पौडेलको निर्माणमा तयार भएको यो फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् ।
फिल्ममा नाजिर नेपालगञ्जको एक यूवाको भूमिकामा देखिएका छन् । फिल्मले दाइजो प्रथा विरुद्धमा समेत आवाज उठाएको छ ।