अभिनेत्री मलिना जोशीलाई फिल्म क्षेत्र फापेको छैन । कारण, उनी अभिनित कुनै पनि फिल्म हिट छैनन् । फिल्म चलेको खण्डमा मात्र कलाकारलाई फाइदा हुने हो । वा फिल्म नचलेपनि कलाकारको अभिनयको तारिफ हुनुपर्ने हो । तर, मलिना दुबै कुराले अनलक्की देखिएकी छिन् ।
उनी, अभिनित पछिल्लो फिल्म ‘रानी’ हलमा त चल्यो, तर दर्शकको मनमा चलेन । फिल्म असफल हुँदा त्यसको ठूलो घाटा मलिनालाई भयो । सार्वजनिक कार्यक्रम, स्टेज शोमा मलिनाको व्यस्तता घटेको छैन । तर, उनको फिल्मी करिअर भने डामाडोल भैरहेको छ । उनलाई कुनै पनि निर्माताले ‘रानी’ रिलिजपछि पत्याएका छैनन् ।
धेरै अभिनेत्रीहरु फिल्म नचलेपनि पहिरन, सार्वजनिक कार्यक्रममा उपस्थिती आदि कारणले चर्चामा रहन्छन् । मलिना पनि अहिले सोहि बाटो रोजिरहेकी छिन् ।