नयाँ बर्षको अवसर पारेर अभिनेता साहरुख खानले प्रतिक्षित फिल्मको नाम र टिजर सार्वजनिक गरेका छन् । आनन्द एल रायको निर्देशनमा तयार भैरहेको यो फिल्म डिसेम्बर २१ तारिखमा रिलिज हुँदैछ । नयाँ बर्षको अवसर पारेर साहरुखले आफ्ना फ्यानलाई यो उपहार दिएका हुन् ।
यो फिल्ममा साहरुख होचो व्यक्तिको भूमिकामा देखिएका छन् । फिल्मको नाम ‘जिरो’ राखिएको छ । साहरुखको अवतारलाई ट्विटरमा सकारात्मक प्रतिक्रिया मिलेको छ ।
फिल्ममा साहरुखको साथै अनुष्का शर्मा र कट्रिना कैफले काम गरेका छन् । यो फिल्ममा साहरुख कट्रिनाको फ्यानको रुपमा देखिदैछन् ।
साहरुखले फिल्मको भीएफएक्सलाई विश्वकै उच्च प्रविधि बताएका छन् ।