‘चरी चट्ट परि’ हिट भएपछि चर्चामा रहेको अभिनेत्री स्वेता खड्को निर्माणमा बनेको फिल्म ‘कान्छी’को अर्को गीत सार्वजनिक भएको छ । ‘यो जिउ दाउमा लाउने’ बोलको गीतलाई अर्जुन पोखरेलले संगीत भरेका छन् ।
दयाराम पाण्डेको शब्द रहेको गीतमा धमेन्द्र सेवानले स्वर दिएका छन् । बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको यो भिडियोमा फिल्मका मुख्य कलाकारहरु स्वेता खड्का, दयाहाङ राई, कामेश्वर चौरासिया, आशान्त शर्मा, भूमिका श्रेष्ठ, अनु शाहलाई देखाइएको छ ।
यो गीतको लोकेशन उत्कृष्ट छ । फागूण ४ गतेबाट फिल्म रिलिज हुनेछ । आकाश अधिकारीले फिल्मको निर्देशन गरेका हुन् ।