वुधबार बेलुकी काठमाण्डौको क्यूज सिनेमा हलमा फिल्म ‘राज्जा रानी’को प्रिमियर गरिएको छ । फिल्म भोली शुक्रबारदेखि देशका सबैजसो हलमा लाग्नेछ ।
फिल्मको प्रिमियमार प्रतिनिधी सभा सदस्य लालबाबु पण्डित, अभिनेत्री दीपाश्री निरौला, गौरी मल्ल लगायत पुगेका थिए । फिल्मका मुख्य कलाकार केकी अधिकारी र नाजिर हुसेन आकर्षणको केन्द्रमा रहे ।
फिल्म हेरका पत्रकार, अतिथी सबैले यसको प्रशंसा गरेका छन् । तराइमा व्याप्त दाइजो प्रथा, छोरी र बुहारीमाथि हुने गरेको भेदभावको कथालाई फिल्मले राम्रो तबरले उठाएको प्रतिक्रिया सबैले दिएका छन् ।
अधिकांश पत्रकारहरुले सामाजिक संजालमा फिल्मको उच्च प्रशंसा गरे । नेकपा एमालेका नेता लालबाबु पण्डितले फिल्म हेरेपछि दाइजो लिनेलाई दण्डित गर्ने बताए ।
निर्देशक दीपाश्री निरौलाले कलाकारको अभिनय र कथावस्तु उत्कृष्ट रहेको बताइन् । यम थापाले निर्देशन गरेको फिल्मलाई रमेश एम के पौडेलले निर्देशन गरेका हुन् ।