माघको १२ गतेबाट हलमा लाग्ने फिल्म ‘ह्याप्पी डेज’को ट्रेलरपछि पोष्टर रिलिज भएको छ । फिल्मको रिलिज मिति नजिकिदै जाँदा यसको क्यारेक्टर पोष्टर बाहिर आएको हो । फिल्मको क्यारेक्टर पोष्टरमा कलाकारहरु दयाहाङ राई, प्रियंका कार्की, दीया पुन, संजय गुप्ता, विक्की जोशीलाई स्थान दिइएको छ ।
मिलन चाम्सले निर्देशन गरेको यो फिल्मको बेलायतमा प्रिमियर भैसकेको छ । फिल्मको बजेट साढे २ करोड बताइएको छ । फिल्ममा बीपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स, डाक्टर अशोक खनालको लगानी छ ।
फिल्मले जीवनमा सधै नै खुशी हुनपर्छ भन्ने कथालाई देखाउने खोजेको निर्देशक चाम्सको भनाई छ ।