नेपाली फिल्मकी चर्चित तर असफल अभिनेत्री केकी अधिकारीको करिअरमा प्रेमको खबरले खासै स्थान नै जमाएन । अन्य अभिनेत्रीहरु प्रेमको खबरकै कारण चर्चामा रहेको समयमा केकी भने प्रेमको खबरमा नै परिनन् ।
आखिर, के केकीको जीवनमा प्रेम नै भएन होला त ? केकी यो कुराको खोजीको जिम्मा पत्रकारलाई नै दिन्छिन् ? पत्रकारले पनि केहि खोजी पत्रकारिता गर्नु पर्ने भन्दै केकीले यो बिषयमा खोज्न पत्रकारलाई नै आग्रह गरिन् ।
तर, उनले प्रेम भएपछि सिधै बिहे नै गर्ने समेत बताएकी छिन् । केकीको जीवनमा एक जना बास्केटबल यूवकको चर्चा केहि समय अगाडि चलेपनि त्यो त्यसै सेलायो । के केकी प्रेममा नै परिनन् होला त ? पत्रकारलाई चुनौती छ ।