अभिनेत्री सुरविना कार्कीको फेसबुक हेर्ने हो भने, घुमेका, अन्य फिल्मका प्रिमियरमा उपस्थित भएका तस्बिर मात्र देखिन्छन् । सुरविना आफूले नै अभिनय गरेको फिल्मको कार्यक्रममा सहभागी नभएको त कति भो कति ?
सुरविनाको करिअर अहिले यसरी नै चलेको छ । न त हातमा फिल्म छ न त कसैले पत्याएका छन् । मुम्बइमा अभिनेता अनुप खेरको कलेजमा पढेर आएपछि केके नै होला भन्ने सोचेकी सुरविनाका लागि न त नेपाली मेकरले पत्याए, न त कसैले ।
सामान्य फिल्ममा पनि काम गर्न नचाहने सुरविनालाई ठूला ब्यानर र निर्माण टिमले त पत्याउन पनि कसरी ? यसैले, अहिले उनी फिल्म नपाएर हल्लिरहेकी छिन् ।
अन्य अभिनेत्रीहरु काममा व्यस्त भएको समयमा यी अभिनेत्री भने फुर्सदिलो बनेकी छिन् ।