अभिनेता निखिल उप्रेतीले २० लाख पारिश्रमिक पाउने हो भने आफूले बर्षमा मात्र एउटा फिल्म खेल्न बताएका थिए । तर, अब अभिनेत्री प्रियंका कार्कीले बर्षमा एउटा मात्र फिल्म खेल्नका लागि बर्षमा ११ करोड पारिश्रमिक डिमाण्ड गरेकी छिन् ।
फिल्म ‘बटरफ्लाई’को पत्रकार सम्मेलनमा पुगेकी अभिनेत्री कार्कीले आफूले धेरै फिल्म खेल्नु वाध्यता भएको बताइन् । उनले, कुनै निर्माताले आफूलाई ११ करोड रकम दिने हो भने बर्षमा एउटा मात्र फिल्म खेल्ने र पूर्ण रुपमा त्यसको प्रचारमा लाग्ने उल्लेख गरिन् ।
बलिउडमा अभिनेत्रीहरुले ११ करोड पारिश्रमिक लिने गरेको भन्दै उनले फिल्म क्षेत्रमा त्यो समय आउन धेरै दिन कुर्नु पर्ने बताइन् । ओम प्रतिकको निर्देशन र रमेश प्रजापति कार्यकारी निर्माता रहेको फिल्म ‘बटरफ्लाई’ पौष २८ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा प्रियंकाको जोडीको रुपमा अभिनेता आर्यन अधिकारीले काम गरेका छन् ।