बलिउड अभिनेता सलमान खानले ३ सय करोड क्लबमा ह्याट्रिक गरेका छन् । सलमान अभिनित फिल्म ‘टाइगर जिन्दा हे’ले प्रदर्शनको तेश्रो शनिबार ३ सय करोड क्लबमा आफूलाई पुर्याएको हो । शनिबारसम्म फिल्मले ३ सय करोड कमाएको छ ।
सलमान अभिनित फिल्म ‘बजरंगी भाइजान र सुल्तान’ले यस अगाडि ३ सय करोड कमाइसकेका छन् । योसँगै सलमानले हरेक बर्ष ३ सय करोडको फिल्म समेत दिन सफल भएका छन् । अभिनेत्री कट्रिना कैफको भने पहिलो फिल्मले ३ सय करोड कमाएको छ ।
यशराज ब्यानरले निर्माण गरेको दोश्रो फिल्मले ३ सय करोड कमाएको छ । अभिनेता आमिर खान अभिनित २ फिल्मले ३ सय करोड कमाएका छन् ।