निर्माता छविराज ओझाले बनाएका फिल्म भनेपछि अन्य ब्यानरका निर्माताले छेउछाउ आउने कोशिश पनि गर्दैनथ्य । छविले निर्माण गरेको फिल्मसँग जुधाउने कोशिश त कसैले पनि गर्दैनथ्य । तर, अब त्यो दिन पुरानो भएको छ । निर्माता ओझाले निर्माण गरेको फिल्म अहिले अरु निर्मातासँग डराउनु पर्ने अवस्था आएको छ ।
फिल्म ‘मंगलम’ यहि डरको शिकार भएको छ । दशैमा रिलिज गर्ने भनेतापनि ‘छक्का पन्जा २’सँग डराएर छवि फागूण ४ गते सरेका थिए । अब, यो मितिमा पनि स्वेता खड्काको ‘कान्छी’ आएपछि छवि डराएर फागूण २५ मा पुगेका छन् ।
‘मंगलम’ २ पटक सर्दा अब के छवि वाघ निर्माता नै हुन् त भन्ने प्रश्न उब्जिएको छ । नवल नेपालले निर्देशन गरेको फिल्ममा शिल्पा पोख्रेल, पुष्पल खड्का, पृथ्विराज प्रसाँइको मुख्य भूमिका छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्ममा विशेष भूमिकामा देखिदैछिन् ।