फिल्म ‘कान्छी’ले अब सोलो रिलिजको अवसर पाएको छ । फागूण ४ गतेलाई प्रदर्शनको समय तोकेको फिल्म ‘मंगलम’ पछाडि हटेपछि अभिनेत्री स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ले सोलो रिलिजको अवसर पाएको छ ।
निर्मात्री तथा अभिनेत्री स्वेता खड्काले फिल्म सोलो रिलिजका लागि अवसर दिने सबैलाई धन्यवाद दिएकी छिन् । सोलो रिलिज हुँदा फिल्मको इनिसियल व्यापारमा फरक पर्नेछ । स्वेताले अझै धेरै दर्शकले फिल्म हेर्न पाउने बताइन् । आफूले निर्माण गरेको फिल्मले दर्शक निराश नपार्ने स्वेताको भनाई छ ।
आकाश अधिकारीले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, स्वेता खड्का, अनु शाह, प्रज्ज्वल सुजल गिरी, भूमिकमा श्रेष्ठ, निर शाह मुख्य भूमिका छन् । फिल्मको ‘चरी चट्ट परि भुरुरु’ बोलको गीत अहिले चर्चामा रहेको छ ।