अभिनेता शिव श्रेष्ठ अब निर्माता बनेका छन् । उनको प्रस्तुतीमा लभ तथा द्धन्द्ध मिश्रित फिल्म बन्ने भएको छ । दीपेश सापकोटाको निर्देशनमा बन्न लागेको फिल्मको नाम ‘एउटा यस्तो प्रेम कहानी’ राखिएको छ ।
फिल्मको छायांकन सुरु हुन केहि महिना लाग्नेछ । फिल्ममा अभिनेत्री बर्षा राउत र अभिनेता संजोग कोइराला मुख्य भूमिकामा देखिदैछन् । यो जोडी रियल लाइफमा पनि प्रेममा छ । रियल लाइफ जोडीलाई पर्दामा देखाउँदा फिल्म चल्ने निर्देशक सापकोटाको विश्वास छ ।
फिल्ममा शिव श्रेष्ठ, नरेन खड्का पनि देखिदैछन् । फिल्ममा दिनेश दर्शनाधारी र यशोदा राइको लगानी रहनेछ । नेपालसँगै अन्य केहि देशमा पनि फिल्म खिचिने सापकोटाले जानकारी दिएका छन् ।