निर्देशक मिलन चाम्सको नयाँ फिल्म ‘ब्लाइन्ड रक्स’ फागूण १८ गतेबाट रिलिज हुँदैछ । यो फिल्म दृष्टिबिहिन श्रृष्टी केसीको जीवनीमा आधारित छ । आँखा देख्न छाडेपछि श्रृष्टीको जीवनमा आएको परिवर्तन र उनले पाएको सफलतामा फिल्म केन्द्रित छ ।
फिल्ममा अभिनेत्री वेनिशा हमालले श्रृष्टीको भूमिकामा काम गरेकी छिन् । यो फिल्ममा समावेश ‘उड्यो मन’ सार्वजनिक गरेर प्रचार आरम्भ गरिएको छ । हरि लम्सालको संगीतमा तयार भएको गीतलाई बानिका प्रधानले गाएकी हुन् भने नरेश भट्टराईको यसमा शब्द छ । गीतमा कत्थक र क्लासिकल स्वादलाई मिश्रण गरिएको छ ।
फिल्ममा वेनिशाको साथमा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको मुख्य भूमिका छ । एन फिल्मस् क्रियसन र चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्म निर्माण भएको हो । निकेश लिम्बु फिल्मका निर्माता हुन् ।