अभिनेता आर्यन अधिकारीको दोश्रो फिल्म ‘बटरफ्लाई’ आजबाट देशभरका हलमा रिलिज भएको छ । ओम प्रतिक गुरुङले निर्देशन गरेको मायाको रंग भरिएको फिल्ममा आर्यनको जोडी प्रियंका कार्की हुन् ।
यो फिल्मको ट्रेलर र गीतलाई दर्शकले युटुबमा त रुचाएका छन् । तर, हलमा फिल्म कस्तो हुने हुन् भन्ने प्रतिक्षा सबैमा छ । अभिनेता आर्यन अधिकारीले पहिलो फिल्मबाट औषत सफलता पाएपनि व्यक्तिगत रुपमा चर्चा कमाए । यहि फिल्मका कारण उनको हातमा ५ वटा फिल्म परिसकेका छन् । यसैले, आर्यनको करिअरसँग यो फिल्मको सफलता जोडिएको छ ।
अभिनेत्री प्रियंका कार्कीले हालसम्म आफ्नै स्टारडमले दर्शक हलसम्म तान्न सकेकी छैनन् । यहिकारणले पनि प्रियंकाको स्टारडम इनिसियल व्यापारका लागि यो फिल्मलाई आवश्यक छ ।
रमेश प्रजापति कार्यकारी निर्माता रहेको फिल्मको व्यापारले निर्मातालाई त फाइदा मिल्ने नै छ, आर्यन र प्रियंकाको करिअरलाई पनि अर्थ राख्नेछ ।