शुक्रबार अर्थात आजबाट फिल्म ‘मिस्टर झोले’ रिलिज भएको छ । काठमाण्डौको क्यूएफएक्समा यो फिल्मले १३ शो पाएको छ । फिल्मको व्यापार सिंगल हलभन्दा मल्टिप्लेक्समा धेरै हुने अड्कल लगाइएको छ ।
रामबाबु गुरुङको निर्देशनमा बनेको यो फिल्ममा दयाहाङ राई, बर्षा राउत, दिया पुन, बिजय बराल, वुद्दि तामाङ, कमलमणि नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिल्मले लामो समयदेखि फिल्म क्षेत्रमा देखिएको व्यापारको अभावलाई पुर्ती गर्ने अड्कल समेत लगाइएको छ । अभिनेता दयाहाङ राइका लागि पनि यो फिल्म विशेष छ । लगातार असफल फिल्म दिइरहेका दयाका लागि यो फिल्म चल्न आवश्यक छ । फिल्म ‘पुरानो डुंगा’ असफल भएपछि आलोचित बनेका निर्देशक रामबाबु गुरुङका लागि पनि ‘मिस्टर झोले’ चल्न आवश्यक छ ।