शुक्रबारदेखि रिलिज भएको फिल्म ‘मिस्टर झोले’ले सकारात्मक प्रतिक्रिया पाएसँगै व्यापार पनि सुखद नै गरेको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, दिया पुन, बर्षा राउत, विजय बराल, वुद्दि तामाङ लगायतका कलाकारलाई देख्न सकिन्छ ।
यो फिल्मले शनिबार काठमाण्डौका मल्टिप्लेक्समा राम्रो व्यापार गरेको छ । लामो समयदेखि नेपाली फिल्म हेर्न नपाएका दर्शकले मिस्टर झोलेका लागि टिकट काटेका छन् ।
वितरक गोविन्द शाहीका अनुसार, काठमाण्डौका मल्टिप्लेक्समा फिल्मको व्यापार सुखद छ । फिल्मले एउटा गाउँको कथालाई उठान गरेको छ । फिल्मले २ दिनमा कति कमायो भन्ने व्यापारिक आँकडा भने सार्वजनिक गरिएको छैन ।