अभिनेता सलोन बस्नेत सोलो हिरोको रुपमा आजसम्म चलेका छैनन् । स्टार कलाकारको साथ पाएको खण्डमा चल्ने सलोन सोलो रुपमा भने चल्दैनन् । यसैले उनी, स्टार भन्दा पनि सह अभिनेताको रुपमा परिचित छन् ।
सलोनको जस्तै व्यथा अभिनेता नाजिर हुसेनमा पनि देखिएको छ ।
नाजिर हुसेनको पनि सोलो फिल्म चल्दैनन् । पौष २१ गतेबाट रिलिज भएको फिल्म ‘राज्जा रानी’को व्यापारपछि नाजिर सोलो रुपमा चल्दैनन् भन्ने पुष्टी भएको छ । उनले सोलो अभिनेताको रुपमा काम गरेको फिल्म ‘गाँठो र राज्जा रानी’ असफल भए ।
तर, उनी सहायक अभिनेताको रुपमा देखिएको ‘होस्टेल रिटन्र्स, विर विक्रम’ हिट मात्र भएनन् उनको कामको तारिफ पनि भयो । यसैले पनि नाजिर र सलोनको व्यथा एउटै देखिएको छ ।