जनवरी २५ बाट रिलिज हुन लागेको निर्देशक संजय लिला भन्साली निर्देशित फिल्म ‘पद्यमावत’लाई सजिलो भने छैन । डिसेम्बर १ मै रिलिज हुनुपर्ने फिल्म विभिन्न वाधाका कारण जनवरी २५ मा पुगेको थियो । तर, अब यो मितिमा पनि यो फिल्मलाई सजिलो नहुने भएको छ । फिल्मलाई राजस्थानमा रिलिज हुन नदिने त्यहाँको सरकारले बताइसकेको छ ।
अब, यो फिल्म गुजरात राज्यमा पनि नचल्ने भएको छ । गुजरातका मुख्य मन्त्रीले यो फिल्म यो राज्यमा नचल्ने पक्का गरेका छन् । सुरक्षाका कारण फिल्मलाई विभिन्न शहरमा र राज्यमा चलाउन नसकिने बताइएको छ । दीपिका पादुकोण, शाहिद कपुर र रणवीर सिंह यो फिल्मका मुख्य कलाकार हुन् । २ सय करोड बजेटमा बनेको फिल्मले निरन्तर अवरोध भोग्दै आएको छ ।