फिल्म ‘बटरफ्लाई’ शुक्रबारदेखि रिलिज भएको छ । यो फिल्मलाई ओम प्रतिक गुरुङले निर्देशन गरेका हुन् । फिल्म चल्नु अगाडि यसको व्यापारलाई लिएर खुबै आँकलन गरिएको थियो । फिल्मले पत्रकारहरुबाट मिश्रित प्रतिक्रिया पाएको छ ।
फिल्मको व्यापारबाट आफू सन्तुष्ट रहेको निर्देशक गुरुङको भनाई छ । उनले वर्ड अफ माउथ राम्रो भएकाले आजबाट व्यापार उकालिने बताए । शनिबार फिल्मले ५० प्रतिशतको व्यापार गरेको निर्माण टोलीको दाबी छ । आर्यन अधिकारी र प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्मको ओपनिङ सामान्य भएको छ । फिल्मलाई दर्शकले रुचाएको खण्डमा आजबाट व्यापार बढ्न सक्छ ।