फिल्म ‘मंगलम’को पहिलो गीत ‘पर्ख पर्ख मायालु’ बोलको गीत हिट भयो । गीत हिट भएपछि फिल्मको प्रदर्शन मिति पनि सर्यो । अब, यो फिल्म फागूण २५ गतेबाट रिलिज हुँदैछ । फिल्म फागूणमा रिलिज हुने भएपछि फिल्मको दोश्रो गीत सार्वजनिक भएको छ । ‘बम्पर उपहार’ बोलको गीतको भिडियो रिलिज भएको हो ।
प्रमोद खरेलको आवाज, दीपक शर्माको संगीत, लेखु सहयात्रीको शब्द यो गीतमा छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, बिष्णु घिमिरेको छायांकन छ । नवल नेपालको निर्देशनमा तयार भएको यो फिल्ममा विजेन्द्र शाक्य, साकार ओझा, ओम गुरुङको लगानी छ । छविराज ओझा यो फिल्मका निर्माता हुन् ।
फिल्ममा शिल्पा पोखरेल, पृथ्वीराज प्रसाई, पुष्पल खड्काको मुख्य भूमिका छ ।