अभिनेता प्रदिप खड्का फिल्म ‘प्रेमगीत’बाट उदाएका हुन् । यो फिल्ममा उनको जोडी अभिनेत्री पूजा शर्मा थिइन् । यसपछि, उनले दोश्रो फिल्म ‘प्रेमगीत २’मा काम गरे । यो फिल्ममा उनको जोडीको रुपमा अभिनेत्री अश्लेषा ठकुरी देखिइन् ।
यी दुबै फिल्म हिट भए । पूजा र प्रदिपको जोडी केहिले सुहायो भने त केहिले सुहाएन पनि भने । अश्लेषा ठकुरीसँग त प्रदिपको जोडी सुहाएको प्रतिक्रिया निकै कम आयो । फिल्म ‘लिलिबिली’को पत्रकार सम्मेलनमा आफूले हिरोइन कहिल्यै पनि छनोट नगर्ने प्रतिक्रिया प्रदिपले दिए ।
अभिनेत्री प्रियंका कार्कीसँग काम गरेपछि धेरैले दिदी भाईको जस्तो जोडी भने नी भन्दा प्रदिपले यो प्रतिक्रिया दिएका हुन् । उनले भने–‘म फिल्ममा कहिल्यै पनि सल्लाहा दिन्नँ । हिरोइन छान्ने कुरामा त तपाइहरुले पहिले पहिले पनि हेर्नुभएकै हो । मैले कहिल्यै पनि सल्लाहा गर्दिनँ ।’
यो भनेपछि प्रदिप केहिबेर हाँसे । उनले आफूले काम गरेका यस अगाडिका हिरोइनबाट आफू सन्तुष्ट नभएको बताउन खोजेको प्रष्ट हुन्थ्यो ।