तामिल सुपरस्टार चिरन्जीवी ६१ बर्षका भएका छन् । यस बर्ष चिरन्जीवी १५० वी चलचित्र निर्माण गर्न लाग्दैछन् । २२ अगस्ट १९५५ मा जन्मिएका चिरन्जीवी कयौ चिजमा खास छन् ।
थाहा पाउनुहोस् उनको बारेमा नसुनेका केही रोचक कुराहरु :
१. चिरन्जीवीको वास्तविक नाम कोनीडेला शिवशंकरा वारा प्रसाद हो । तर उनकी आमा हनुमानजीको भक्त भएका कारण उनलाई सल्लाह दिइन कि आफ्नो नाम चिरन्जीवी राख्न । जसको अर्थ हो लामो समयसम्म जिउँने ।
२. चिरन्जीवी तामिलको यस्ता सुपरस्टार हुन्, जसलाई १९८७ मा अस्कर अवार्ड्स कार्यक्रममा निमन्त्रण गरिएको थियो ।
३. चिरन्जीवी एकमात्र अभिनेता हुन, जसले सिंगल, डबल र ट्रिपल रोलमा सय दिनसम्म चल्ने फिल्म दर्शकहरुलाई दिए ।
४. चिरन्जीवी भारतीय फिल्म स्टार हुन, जसले पहिलो पटक आफ्नो बेवसाइट सुरु गरे । चिरन्जीवीले २० टाइटल रोल भएको हिट फिल्म दिएका छन् । जसले सय दिनसम्म बक्सअफिसमा राज गरेको थियो ।
Rolls Royce चलाउँछन् चिरन्जीवी
१. चिरन्जीवी तामिलका यस्ता व्यक्ति हुन्, जसले Rolls Royce Phantom लग्जरी गाडी चलाउँछन् ।
२. ४ करोडको यो गाडी उनलाई छोरा राम चरणले ५९ जन्मदिनमा उपहार दिएका थिए ।
३. यसको अलवा चिरन्जीवी Range Rover Vogue र Toyota Land Cruiser जस्तो लग्जरी गाडीको मालिक समेत हुन् ।