बलिउड अभिनेता सलमान खानका भाई सोहेल खान काठमाण्डौ आएका छन् । उनले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै दाज्यू सलमान खान नेपाल आउन आतुर रहेको बताएका छन् ।
फागूण २६ गते काठमाण्डौको टुँडिखेलमा हुन लागेको ‘द ब्याङ टुर नेपाल’को बिषयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सोहेलले नेपाल आउँदको समयको स्मरण गरेका थिए । उनी, दाज्यूको सुरक्षा, बस्ने ठाउँ र कन्सर्टको बिषयमा वुझ्न नेपाल आएका हुन् ।
सोहेल खान इन्टरटेन्मेन्ट र जेए इभेन्टको सहकार्यमा नेपाली इभेन्ट कम्पनी ओडीसीले यो कार्यक्रमको आयोजना गर्न लागेको छ । सोहेलले आफूहरु नेपाल आउन इच्छुक रहेको तर चाँजोपाजो मिलाउँदा १ बर्ष लागेको बताएका थिए । सलमानसँग सोनाक्षी सिन्हा, प्रभु देवा, कृति सेनन, डेजी शाह, मिट ब्रदर्स, मनिष ल नेपाल आउँदैछन् ।