अभिनेता अनमोल केसीले आफूले जे पनि काम गरेको भए करोडौ पैसा कमाउन सक्ने बताएका छन् । अभिनेता केसीले मिडिया कुराकानीमा भनेका छन् कि–‘मैले चाहेको भए धेरै पैसा कमाउन सक्थेँ । तर, मलाई पैसा होइन दर्शकको मन जित्नु छ ।’
उनले आफूे आजसम्म कुनै पनि निर्मातासँग यति पैसा चाहिन्छ भनेर डिमाण्ड नगरेको पनि बताएका छन् । तर, निर्माताहरुले आफ्नो हार्ड वर्क हेरेर अफर गरेको हुनसक्ने उनले बताएका छन् । आफूले पैसाका लागि भन्दा पनि राम्रो बिषयलाई हेरेर मात्र काम गर्ने अनमोलको भनाई छ ।
अनमोलले आफूलाई कहिल्यै पनि आफ्नो फिल्मले कति कमाउँछ भनेर दिमागमा सोच नआउने बताए । उनले, जसरी हुन्छ आफूले दर्शकको मन जित्नु रहेको मिडिया कुरानकाीमा बताएका छन् । माघ २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘कृ’ नचले नेपाली फिल्मको नै बेइज्जत हुने अनमोलको दाबी गरेका छन् ।