नृत्यमा माहिर मानिन्छिन् अभिनेत्री नीता ढुंगाना । अभिनेत्रीका फिल्मले हलमा दर्शक तान्न नसकेपनि उनलाई भने कामको अभाव छैन । नीता आइतबार फिल्म ‘हुर्रे’को आइटम गीत सार्वजनिक कार्यक्रममा पुगेकी थिइन् । सो कार्यक्रममा नीता हलमा नै नाचिन् ।
नीता हलमा नाच्नुको कारण थियो, उनले नै नृत्य गरेको आइटम गीत सार्वजनिक हुनु । अभिनेता राजराम पौडेलसँग नीता हलमा नै नाचेकी थिइन् । नीता हलमा नाचेपछि माहोल रोमाञ्चक बनेको थियो । अभिनेत्री ढुंगानाले आफूले गीत मन परेपछि आइटम नृत्यमा काम गरेको बताइन् ।
यो आइटममा नीता हट बनेकी छिन् । फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । फागूण २५ गतेबाट फिल्म चल्नेछ ।