फिल्म ‘हुर्रे’को दोश्रो गीत रिलिज भएको छ । यो आइटम गीत हो । यो आइटम गीतमा अभिनेत्री नीता ढुंगानाले नृत्य गरेकी छिन् । नीताले गीत सार्वजनिक कार्यक्रममा नृत्य नै गरेकी थिइन् । नीतासँगै फिल्मका मुख्य कलाकार अनुप विक्रम शाही, केकी अधिकारी, अंकित खड्का र राजाराम पौडेल कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा नीता र केकीले एक अर्काको प्रशंसा गरे ।
‘पशुपति’ बोलको आइटम गीतमा नीताको साथमा राजराम पौडेल, अंकित खड्का, बिजय बराल देखिएका छन् । सविन एकतारेको शब्द, कालिप्रसाद बाँस्कोटाको संगीत रहेको गीतमा झुमा लिम्बु र कालीप्रसादको स्वर छ ।
गीतको भिडियोलाई विक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् । यम थापाको निर्देशनमा तयार भएको फिल्ममा दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेले लगानी गरेका छन् ।