अभिनेत्री स्वस्तिमा खड्का एक चर्चित ब्यानरबाट बन्न लागेको फिल्ममा अनुवन्धित भएकी छिन् । निर्देशक तथा निर्माता अशोक शर्माले बनाउन लागेको नयाँ फिल्ममा स्वस्तिमा अनुवन्धित भएकी हुन् । स्वस्तिमा खड्का फिल्म ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलको गीतमा नृत्य गरेपछि चर्चामा आएकी हुन् । यो फिल्मलाई अशोक शर्मा आफैले निर्देशन गर्दैछन् ।
अशोकले लामो समयदेखि फिल्म निर्माण भन्दा पनि डीसीएन सम्हालेका थिए । फिल्ममा सौगात मल्ल र खगेन्द्र लामिछाने फाइनल भैसकेका छन् । फिल्मको कथा पनि खगेन्द्र आफैले लेखेका हुन् । फिल्म आउँदो बर्षको दशैंमा रिलिज हुँदैछ । फिल्मलाई लिएर अशोक उत्साहित छन् ।