करणी सेनाको विरोधका कारण डिसेम्बर १ तारिखबाट रिलिज हुन लागेको हिन्दी फिल्म ‘पद्यमावत’लाई सजिलो भने छैन । कारण, यो फिल्म रिलिजको मिति नजिकिदै गर्दा यसलाई लिएर विरोध र तोडफोड सुरु भएको छ ।
गुजरातको एक मल्टिप्लेक्समा करणी सेनाका कार्यकर्ताले तोडफोड गरेका छन् । विशेषगरि, हलको बक्स अफिस काउन्टरमा तोडफोड गरिएको छ । मल्टिप्लेक्समा छिरेर करणी सेनाका कार्यकर्ताले तोडफोड मात्र गरेनन् आगो लगाउने प्रयास पनि गरेका छन् ।
संजयलिला भन्सालीको निर्देशनमा बनेको यो फिल्म जनवरी २५ बाट रिलिज हुँदैछ । फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपुरको मुख्य भूमिका छ ।