फिल्म ‘पसिना’को फस्टलुक बाहिर आएको छ । आरबीके शरद खत्रीको निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुक पोष्टरमा अभिनेता गौरव पहारि, अभिनेत्री अनु शाहलाई देखाइएको छ । महिलाहरु माथि हुने कामको शोषणमाथि यो फिल्म बनेको छ । ननस्टप क्रियशनको ब्यानरमा यो फिल्म बनेको हो ।
आर बीकेले फिल्म ‘पसिना’को फस्टलुकसँगै नयाँ २ फिल्म पनि घोषणा गरेका छन् । फिल्मको नाम ‘डमरु र जुनकिरी’ राखिएको छ । फिल्म ‘पसिना’मा सरोज खनाल, सरोज अर्याल, रवि गिरी, श्रृजना अधिकारीले पनि काम गरेका छन् । यो फिल्मको विदेश प्रदर्शन र नेपालमा च्यारेटी गरिनेछ । फिल्मको प्रदर्शन मिति तोकिएको छैन ।