कमेडी जनराको कथामा निर्देशक पुरन थापाले फिल्म बनाउन लागेका छन् । पुरन थापाको लेखन, निर्माण र निर्देशनमा तयार हुने फिल्मको काठमाण्डौमा शुभसाइत गरिएको छ । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल प्रमुख अतिथीको रुपमा कार्यक्रममा उपस्थित थिइन् ।
शुभमुर्हत समारोहमा अभिनेत्री ऋचा शर्मा र कलाकारद्धय अर्पण थापा र धर्मेन्द्र आचार्यले मुर्हत सटमा अभिनय गरेका थिए । कार्यक्रममा ‘फेरि फेरि’को निर्माण कम्पनी माता बसुन्धारा मुभीजले चलचित्र विकास बोर्डकी प्रथम महिला अध्यक्ष निकिता पौडेललाई सम्मान गरेको थियो । माघ १८ गतेदेखि छायांकन सुरु हुने फिल्ममा ३५ सेन्सरयुक्त अत्याधुनीक प्रबिधिको रेड इपिक डब्लु हेलियम एट के क्यामेराबाट खिचिदैछ ।
फिल्ममा अर्पण थापा,ऋचा शर्मा, बिकास चापागाई, धर्मेन्द्र आचार्य, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला,एलिना बास्कोटा,सोनीका बास्तोला, राम बुढाथोकीलगायतले अभिनय गर्दैछन् । निरज थापा निर्माता रहेको फिल्मलाई सुरेश बज्रचार्यले खिच्नेछन् । फिल्ममा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी, पुरन थापाको गीत, बिकास चौधरी र पुरन थापाको संगीत छ ।