चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निकिता पौडेल आएसँगै सुधारका सकेत देखिएका छन् । निकिता पौडेलले जारी गरेको विज्ञप्तीमा चैत्र मसान्तसम्म इ टिकेटिङको हार्डवेयर जडान नगरिएका सम्पूर्ण काठमाण्डौका हलमा जडान गर्न निर्देशन दिइएको छ । वैशाख १ गतेबाट परिक्षण र साउन १ गतेबाट पूर्ण रुपमा बक्स अफिस लागू गर्ने तयारी विकास बोर्डको छ ।
यस्तै, बोर्डले १६ एमएम र ३५ एमएममा खिचिएका फिल्मलाई डिजिटल प्रविधीमा लैजाने तयारी थालेको छ । यी फिल्मलाई डिजिटिल प्रविधीमा लगेर संग्रहित गर्ने बोर्डको तयारी छ । जसका लागि मन्जुकुमार श्रेष्ठ र प्रदिपकुमार उपाध्यायको कार्यसमिती पनि बनाइएको छ ।
मुम्बइ र एनएफडीसीमा रिलमा रहेका फिल्मलाई डिजिटल प्रविधीमा रुपान्तरण गर्न लागिएको हो । अध्यक्ष निकिता पौडेलले २ बर्षमा फिल्म क्षेत्रमा संझनलायक काम गर्ने बताउँदै आएकी छिन् ।